logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मौन अवधि सुरु हुनुअघि प्रधानमन्त्री देउवाको सम्बोधन, भन्छन्- आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व कांग्रेसको

    मौन अवधि सुरु हुनुअघि प्रधानमन्त्री देउवाको सम्बोधन, भन्छन्- आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व कांग्रेसको

    2K
    Shares
    मौन अवधि सुरु हुनुअघि प्रधानमन्त्री देउवाको सम्बोधन, भन्छन्- आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व कांग्रेसको

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्व हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुककले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ स्थिर अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका छन् ।

    अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनले बताए । देउवाले कांग्रेस मुलुकमा भएका हरेक सामाजिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको स्मरण गराएका छन् ।

    ‘अब मुलुकलाई आर्थिक समृद्धितिर अगाडि बढाउने दायित्व पनि कांग्रेसको हो,’ उनले भनेका छन्, ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भइ गठबन्धनको पक्षमा मत दिन अनुरोध छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend