logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान गठबन्धनले मात्रै गर्न सक्छः प्रकाशमान सिंह

    भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान गठबन्धनले मात्रै गर्न सक्छः प्रकाशमान सिंह

    3.4K
    Shares
    भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान गठबन्धनले मात्रै गर्न सक्छः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए ।

    उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै गर्ने जिकीरसमेत गरे । कुन चाहिं उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर आगामी मंसिर चार गतेको दिन मतदान गर्न आह्वान गर्दै उनले भने, ‘अस्थीरता र तपाईंहरुमा भय सिर्जना गर्न दुष्प्रयास गर्नेहरुलाई मेटाउनुस् ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend