logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनताका समस्या हाम्रो समस्या हुन्ः मन्त्री पौडेल

    जनताका समस्या हाम्रो समस्या हुन्ः मन्त्री पौडेल

    4.1K
    Shares
    जनताका समस्या हाम्रो समस्या हुन्ः मन्त्री पौडेल

    बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या आफ्ना समस्या भएको बताएका छन् । बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पौडेलले जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या आफ्ना समस्या सरह भएको बताए ।

    उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धीको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एकठाउँमा भएको उल्लेख गरे । विपक्षीले अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरे । ुविपक्षीले केही नपाएर अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उनले भने, ‘‘विपक्षीलाई ठाडो चुनौती दिन चहान्छु जिल्लाको विकाशका लागि मेरो जति भूमिका कसको छ ?”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend