काठमाडौ । विराटनगर ३ पुष्पमार्गमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । शङ्कास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् ।
आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको छ ।
निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ ।