logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुपन्देहीमा मतदान स्थलको तयारी पूरा

    रुपन्देहीमा मतदान स्थलको तयारी पूरा

    3.6K
    Shares
    रुपन्देहीमा मतदान स्थलको तयारी पूरा

    रुपन्देही । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल तयार भएको छ । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा रहेको मतदान स्थल सबै किसिमबाट भोलिको मतदानका लागि तयार भएको हो ।

    बुटवल बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्रहरु स्थापना गरेको मतदान अधिकृत हरिप्रसाद पण्डितले बताए । अपाङ्ग, अशक्त, दीर्घरोगी र वृद्धवृद्धाहरुका लागि छिटो छरितो मतदान सम्पन्न गर्न त्यही अनुरुपको मतदान स्थल निर्माण गरेको बताए । भोलि एकै चरणमा हुने प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचनसम्बन्धी सबै तयारी भइसकेको निर्वाचन आयोगले बताएको छ ।

    भोलि हुने निर्वाचनलाई सुरक्षित, भयरहीत, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय बनाउनका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरु तैनाथ गरेको छ । निर्वाचनका लागि मुख्य शहरहरुबाट मतदान गर्न आम नागरिकहरु पनि आफ्नोआफ्नो घर जाने क्रम जारी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend