आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रुसको सखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

रुसको सखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

एजेन्सी । रुसको सुदूरपूर्वी सखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा परेर तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् ।

सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् । स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ।

मस्को समयअनुसार बिहान ०५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend