logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

    आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

    5.6K
    Shares
    आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

     

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।

    मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए । उनले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे ।

    उनले भने, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ ।’

    ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend