logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

    यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

    4.8K
    Shares
    यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

     

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका हुन् ।

    मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे । उनले मतदाताहरुमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए । उनले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताए ।

    उनले भने, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ मतदाताहरुमा पनि उत्साह छ । यो निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजानेछ ।’

    उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend