logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान

    सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान

    3.4K
    Shares
    सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् । उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् ।

    आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् ।

    स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए । कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’

    चुर्णप्रसाद श्रेष्ठले मतको महत्व बुझेर आफू मतदानमा सहभागी भएको बताए । उनीहरुका लागि परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण मिलाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend