logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कसैको त्रासमा नपरी मतदान गर्न निर्वाचन आयुक्त डा. तुलाधरको आग्रह

    कसैको त्रासमा नपरी मतदान गर्न निर्वाचन आयुक्त डा. तुलाधरको आग्रह

    2.7K
    Shares
    कसैको त्रासमा नपरी मतदान गर्न निर्वाचन आयुक्त डा. तुलाधरको आग्रह

    काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गरेकी छन् । आयुक्त डा. तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ मा रहेको महेन्द्र मन्दिर मा.वि. मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

    मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त डा. तुलाधरले मतदान गर्नका लागि ढुक्कसँग निर्वाचन केन्द्रमा जान आग्रह गरिन् । उनले सुरक्षा व्यवस्थालाई पनि चुस्त बनाइएकाले कोही पनि त्रास, धम्कीमा नपरी आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गरिन् । उनले निर्वाचन आयोगले तोकेको बिहान ७ देखि बेलुका ५ बजेसम्मको समयमा मतदान गर्न आग्रह गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend