logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

    सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

    2.6K
    Shares
    सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

    एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्।

    पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले पत्रकारहरूलाई बताएका छन् ।

    त्यसको केही मिनेटपछि दुशी जिल्लाको सोही क्षेत्रमा अर्को यात्रुबाहक बस पल्टेर खाल्डोमा खस्दा आठ यात्रुको मृत्यु हुनाका साथै अन्य ३९ जना घाइते भएको स्थानीय ट्राफिक अधिकारी नेजामुदिनले सिन्ह्वालाई बताएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend