logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

    चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

    2.8K
    Shares
    चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

    एजेन्सी । चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत ‘‘श्रव्य दृश्य सञ्चार सप्ताह–२०२२” को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्।
    चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख ले युचेङ, रुसका डिजिटल विकास, सञ्चार तथा आमसञ्चार उपमन्त्री बेला चेर्केसोवा र चीनका लागि रुसी राजदूत इगोर मोरगुलोभले एक समारोहका बीच भिडियो सन्देशहरू दिएका थिए।

    ‘‘चीन(रुस श्रव्य दृश्य सञ्चार सप्ताह–२०२२” मा दुई देशका श्रव्य दृश्य कृतिहरू एकअर्काको भाषामा अनुवाद गरी एकअर्काको देशमा प्रसारण गरिनेछ।

    कार्यक्रममा चिनियाँ र रुसी युवा गायकहरूका लागि अनलाइन गाला (प्लेटफर्म), छोटो भिडियो प्रतियोगिता र एनिमेसन व्यवसायका फर्महरूका लागि लाभदायक हुने सेमिनार पनि समावेश हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend