logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • डडेल्धुराको मतगणना २ बजेदेखि सुरु हुने

    डडेल्धुराको मतगणना २ बजेदेखि सुरु हुने

    4.8K
    Shares
    डडेल्धुराको मतगणना २ बजेदेखि सुरु हुने

    डडेल्धुरा । डडेल्धुराको मतगणना आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए ।

    प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend