logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं–१० मा कांग्रेसका केसीको अग्रता, एमाले तेस्रो स्थानमा

    काठमाडौं–१० मा कांग्रेसका केसीको अग्रता, एमाले तेस्रो स्थानमा

    3.7K
    Shares
    काठमाडौं–१० मा कांग्रेसका केसीको अग्रता, एमाले तेस्रो स्थानमा

    काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी शीर्ष स्थानमा छ । पछिल्लो मतगणनाको परिणामअनुसार उनले ४ हजार ८ सय १ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३ हजार ३ सय ७८ मत पाएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेश केसीले २ हजार ८ सय ८२ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार ८ सय १५ मत गणना सकिएको छ ।

    तीमध्ये ६ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार ६ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend