logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • इन्डोनेसियामा सडक दुर्घटना, ८ जनाको मृत्यु

    इन्डोनेसियामा सडक दुर्घटना, ८ जनाको मृत्यु

    2.8K
    Shares
    इन्डोनेसियामा सडक दुर्घटना, ८ जनाको मृत्यु

    एजेन्सी । इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना गरिएको छ । स्थानीय समयानुसार साँझ करिब २०ः ३० बजे वोनोगिरी क्षेत्रको बुमिहारजो गाउँमा यात्रु बोकेको मिनीबस पहाडमा चढ्ने क्रममा बिजुली गुमाउँदा दुर्घटना भएको हो ।

    बिजुली गुमाएपछि मिनीबस स्थानीयको पोखरीमा खसेका प्रान्तीय प्रहरी प्रवक्ता इकबाल अल्कुदुस्सीले मङ्गलबार सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । घाइते सबैलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।

    इन्डोनेसियामा प्रायः क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था र चालकले सवारी साधन लापरवाह तरिकाले चलाउने कारण प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend