मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पिपुल्स हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुँदै

पिपुल्स हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुँदै

 

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बुधबार बाँडफाँट हुँदै छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट हुनेछ ।

आईपीओमा मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ पर्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ । यस आईपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा ५ लाख १५ हजार ७८८ जनाले मात्र यसको १० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यसमा २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व हन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend