logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता

    इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता

    3.7K
    Shares
    इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता

    एजेन्सी । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले  बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

    भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ । भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो । सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ म्याग्नेच्यिुडको भूकम्प गएको थियो । पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend