सर्लाही । मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (२) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।
उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।
स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।