सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

देशमा परिवर्तनको शुरुवात भइसक्योः नवनिर्वाचित सांसद सोविता गौतम

देशमा परिवर्तनको शुरुवात भइसक्योः नवनिर्वाचित सांसद सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको शुरुवात भइसकेको बताएकी छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

बुधवार उनले अब देशमा परिवर्तन्को शुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् । उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताइन् । उनले अहिले भइरहेको प्रदेश संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् ।

उनले भनिन्, ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजिमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जानै ? आफ्नो देशलाई पनि अब सहज बनाउनु पर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढीसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नुहुनेछ ।’

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् । उनले आफूले पैसा खर्च गरेर चुनाव नजितेको बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend