logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • डोटी प्रदेशसभा (१) मा एमालेका चक्र मल्ल विजयी

    डोटी प्रदेशसभा (१) मा एमालेका चक्र मल्ल विजयी

    2.9K
    Shares
    डोटी प्रदेशसभा (१) मा एमालेका चक्र मल्ल विजयी

    डोटी । डोटी प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन् ।

    हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन् । प्रदेश ‘क’मा ३३ हजार ३२२ मत खसेको थियो । जसमा १ हजार ९ सय १९ मत बदर भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend