logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित

    सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित

    7.1K
    Shares
    सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ। मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले केहीबेरदेखि मतगणना स्थगित भएको जानकारी दिए।

    दाहालका अनुसार नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो। कांग्रेस उम्मेदवारले गनिसकेको मतपत्र लापारबाही तरिकाले राखिएको भन्दै असन्तुष्टि जनाउँदा विवाद सिर्जना भएको उनले जनाए।

    विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत दाहालले साढे ५ बजे सर्वदलीय बैठक बसेर गणना सुरू गरिने बताए।

    ‍इलाम२ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend