जनकपुरधाम । जनकपुरधाम सप्तरीको निर्वाचन क्षेत्र नं.१ को (ख) मा जनमत पार्टीका सकिल मियाँ निर्वाचित भएका छन्।
मियाँ ६ हजार २७२ मतान्तरले निर्वाचित भएका हुन्। मियाँले १६ हजार १६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्वर यादवले ९ हजार ८८८ र नेपाली कांग्रेसका बद्री नारायण महत्मान यादवले ६ हजार ६१० मत ल्याए।
जनमतले हालसम्म मधेस प्रदेशमा पाँचवटा प्रदेशसभा सदस्य पदमा जित निकालेको छ।