सिराह । सिराहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।
निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले ८ हजार २ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरे ।
यस्तै, नेकपा (एमाले) का प्रकाश महासेठ ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।