logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

    धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

    2.8K
    Shares
    धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

    धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्रकुमार राई दोस्रो पटक निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरेका छन् ।

    राईले ३० हजार १०१ मत ल्याएका छन् भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।

    यहाँ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत पाएका छन् । ०७४ मा पनि यहाँबाट एमालेका राईले थापालाई नै पराजित गरेका थिए ।

    थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । अघिल्लो पटक कांग्रेसको सहयोगमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थापा चुनाव हारेपछि कांग्रेसमै प्रवेश गरेर सहमहामन्त्री बने । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend