logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराशः अग्रवाल

    अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराशः अग्रवाल

    4.3K
    Shares
    अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराशः अग्रवाल

    काठमाडौं । उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताए । उनले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म वृद्धि,मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताए ।

    उनले उद्योगीहरुले उद्योगमा लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगीहरुले लगानी रोकेर राखेको बताए । उनले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत माग गरे । उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमार्फत ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने,वर्षमा उद्योगको योगदान २२ प्रतिशत बनाउने १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने र निर्यातलाई ४ मिलियन डलर पु¥याउने उदेश्य रहेको बताए ।

    उनले भने,‘सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन आग्रह छ । सहुलियत दिँदा गुणस्तरिय सामान ल्याउन उद्योगीहरु प्रोत्साहित र सहुलियत मूल्यमा बजारमा जाओस् । स्वदेशी अभियानको पोर्टल निर्माण गरेर सबै स्वदेशी उद्योगहरु एउटै पोटलमा आवद्धता हुन्छन् । यस्ता उत्पादनहरु सरकारी काम अनलाइनमार्फत नै सबै प्रक्रिया गर्न मिले स्वदेशी उद्योगबाट उत्पादनलाई ठूलो मद्दत मिल्नेछ । मेक इन अभियानमा ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने,वर्षमा उद्योगको योगदान २२ प्रतिशत बनाउने १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने र निर्यातलाई ४ मिलियन डलर पु¥याउने उदेश्य रहेको छ । तर अहिले नेपाली उद्योगी व्यवसायीहरु निराश अवस्थामा पुगेका छन् । किनकी बजारमा तलरलताको चरम अभाव छ त्यसको व्यवस्थापन छैन । बैंकको ब्याजदर १८ प्रतिशतमा पुगेको छ । मागमासमेत ठूलो रुपमा संकुचन भएको छ । अहिले सिमेन्टमा ५० प्रतिशत कमी आएको छ । डण्डीमा ५० प्रतिशत नै मागमा कमी आएको छ । उद्योगीहरुले एल्सीसमेत खोल्न पाएको छैन । ७० प्रतिशत उद्योगीहरुले नयाँ उद्योगमा लगानी रोकेका छन् । सरकारले यो विषयलाई प्राथमिकतामा लिएर केही निर्णय गर्न आवश्यक छ ।’

    उनले सरकारले पछिल्लो समय अर्थतन्त्र तथा उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्राथमिकताका साथ तत्काल एक्शनमा जान आवश्यक रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend