logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धनुषा ४ (१) मा कांग्रेसका यादव विजयी

    धनुषा ४ (१) मा कांग्रेसका यादव विजयी

    5.7K
    Shares
    धनुषा ४ (१) मा कांग्रेसका यादव विजयी

    जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यतर्फ धनुषा क्षेत्र नम्बर ४ को (१) बाट नेपाली कांग्रेसका शेषनारायण यादव १ हजार ४४९ मतको मतान्तरले विजयी भएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार शेषनारायण यादवले १४ हजार ५५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार यादवले १२ हजार ६०६ मत ल्याई दोस्रो र जनता समाजवादी पार्टी (जसपा) का ज्ञानेन्द्रकुमार यादव ८ हजार १९६ मत ल्याएर तेस्रो भएका छन् ।

    जसपाका ज्ञानेन्द्र यादव जसपाका सचिव एवं प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend