logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भक्तपुरमा नेमकिपाको विजय जुलुस

    भक्तपुरमा नेमकिपाको विजय जुलुस

    3.2K
    Shares
    भक्तपुरमा नेमकिपाको विजय जुलुस

    भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुस निस्केको छ । जुलुसले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ ।

    गोल्मढीबाट सुरू भएको जुलुस सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ । त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुग्ने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएको छ ।

    पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ ।

    भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनील गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend