logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

    कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

    2.2K
    Shares
    कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

    कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा (एमाले) का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् ।

    उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६ सय ९७ मत पाएका छन् ।

    यस्तै कपिलवस्तु–२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनी आठ सय ९१ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend