logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

    तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

    3.4K
    Shares
    तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

    तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकी हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याइन् । दुवै जनाबीच एक हजार ७९ मतन्तर रहेको छ ।

    यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएकी थिइन् । गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन् । खापुङले भने यसपटक टिकट पाएनन् ।

    एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend