logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका बोहोरा विजयी

    गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका बोहोरा विजयी

    2.6K
    Shares
    गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही ३ बाट राप्रपाका बोहोरा विजयी

    रुपन्देही । गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २ हजार ६ सय ८१ मत अन्तरले पराजित गर्दै राप्रपाका दिपक बोहरा विजयी भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता बोहरा विजयी भएका हुन् । बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेर विजयी भए भने खाँणले ३४ हजार ३६ मत प्राप्त गरेर पराजित भए ।

    बोहरालाई एमाले, राप्रपा र जसपा समर्थन थियो । उनी नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका नेता हुन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend