logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

    मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

    7K
    Shares
    मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

    सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले सुनसरीको क्षेत्र नम्बर–४ को मतगणना रोक्न माग गरेका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीले मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न माग गरेका हुन् ।

    मन्त्री कार्कीको उक्त मागपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मत संख्या ‘इन्ट्री’मा तलमाथि परेको हुन सक्ने भन्दै गणना रोक्न मन्त्री कार्कीले माग गरेको जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend