logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

    हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

    4.1K
    Shares
    हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

    काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित भए ।

    प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी भए । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    सप्तरीकाे  प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा अनिरुद्रकुमार सिंह, महोत्तरीकाे प्रदेश सभा २ मा सुरिताकुमारी साह, सर्लाहीकाे प्रदेश सभा १ मा जवाहरलाल कुशवाहा, रौतहटकाे प्रदेश सभा १ मा केशव राय, बाराकाे प्रदेश सभा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्साकाे प्रदेश सभा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित भएका छन् ।

    यसैगरी  मनाङकाे प्रदेश सभा २ मा राजिव गुरुङ,  रुकुमपूर्वकाे प्रदेश सभा १ मा सुरल पुन, रोल्पाकाे प्रदेश सभा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)काे प्रदेश सभा १ मा खड्ग बस्नेत, जुम्लाकाे प्रदेश सभा १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुराकाे प्रदेश सभा २ मा ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend