logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोरङ ३ बाट नायिका रेखा थापाले कति मत ल्याइन् ?

    मोरङ ३ बाट नायिका रेखा थापाले कति मत ल्याइन् ?

    5.9K
    Shares
    मोरङ ३ बाट नायिका रेखा थापाले कति मत ल्याइन् ?

    मोरङ । मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार एवं नायिका रेखा थापा अन्तत: निर्वाचनमा पराजित भएकी छिन् । उनले १० हजार ९ सय ९८ मत प्राप्त गरी यस क्षेत्रमा तेस्रो हुन सफल भइन् ।

    नेपाली कांग्रेसका उम्मेदवार डा सुनील शर्माले नायिका थापालाई पराजित गरे । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा शर्माले ४८ हजार छ सय ३१ मत प्राप्त गरी यस क्षेत्रबाट विजयी प्राप्त गरे ।

    शर्माले नायिका रेखा थापालाई मात्र पराजित गरेनन् नेकपा एमालेका प्रभावशालि नेता भानुभक्त ढकाललाई समेत पराजित गरे । ढकालले २५ हजार ८ सय ९५ मत प्राप्त गरे ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १ सय ७२ मत प्राप्त गरे । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गरेका थिए । यस क्षेत्रबाट ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend