logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन् : प्रेम सुवाल

    मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन् : प्रेम सुवाल

    4.6K
    Shares
    मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन् : प्रेम सुवाल

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालका मन्त्रीहरुले भारतबाट मल किनेर कमिसन खाने गरेको आरोप लगाएका छन् ।

    शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग मल किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो ।’ उनले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण लागि पर्ने बताए ।

    उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने बताए ।

    नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । सुवालले ४२ हजार ७१६ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend