logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाजुराकाे बूढीनन्दा-५ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

    बाजुराकाे बूढीनन्दा-५ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

    2K
    Shares
    बाजुराकाे बूढीनन्दा-५ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

    बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको निर्वाचनमा आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनबारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।

    आज भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालय बाजुरालो जनाएको छ । । मङ्सिर ४ गते स्थगित भएको बूढीनन्दा नगरपालिका–५ को नन्देश्वरी माविमा रहेको मतदान स्थलमा बिहान सात बजेबाट मतदान सुरु भएर बेलुका ५ बजे सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

    जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले, ९९९ मतदाता रहेको नन्देश्वरी माविको मतदान स्थलमा ३१२ पुरुष र २८५ महिला गरी जम्मा ५९७ जना मतदाताले मतदान गरेको जानकारी दिए । आज शान्त र भयरहित वातावरणमा मतदान सम्पन्न भएको अवस्थीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend