logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महोत्तरी १ मा भत्कियो माओवादीको लालकिल्ला, एमालेका लक्ष्मी महतो विजयी

    महोत्तरी १ मा भत्कियो माओवादीको लालकिल्ला, एमालेका लक्ष्मी महतो विजयी

    2.3K
    Shares
    महोत्तरी १ मा भत्कियो माओवादीको लालकिल्ला, एमालेका लक्ष्मी महतो विजयी

    काठमाडौं । महोत्तरी–१ मा नेकपा (एमाले) का लक्ष्मी महतो निर्वाचितभएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भए ।

    महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरे । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भए ।

    थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend