logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ कर्णालीको निर्वाचन नतिजा

    यस्तो छ कर्णालीको निर्वाचन नतिजा

    1.9K
    Shares
    यस्तो छ कर्णालीको निर्वाचन नतिजा

    काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी) ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा झरेको छ ।

    विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये छ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो ।

    प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ । प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसका नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेका छन् ।

    प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।

    अहिलेसम्मको समानुपातिकको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा पाँच सिट आउने देखिन्छ । एमालेको पाँच सिट समानुपातिकतर्फ आएका खण्डमा उक्त पार्टीको प्रदेशसभा सदस्य सङ्ख्या १० पुग्ने छन् भने गठबन्धनमा आवद्ध दलको समानुपातिकतर्फ ११ सिट आउने देखिन्छ । यसमा माओवादी केन्द्रको छ र कांग्रेसको पाँच सिट समानुपातिकमा आउने सङ्केत देखिन्छ ।

    यसरी कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यको सङ्ख्या २९ हुने छ । बहुमतको सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ भने यी दुवै दलसँग दुइतिहाइभन्दा बढी सदस्य हुनेछन् ।

    सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend