logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

    समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

    6.3K
    Shares
    समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

    त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ ।

    राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेका जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend