logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँः विष्णु पौडेल

    एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँः विष्णु पौडेल

    2.5K
    Shares
    एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँः विष्णु पौडेल

    रुपन्देही । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताएका छन् । सोमबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यो निर्वाचनमा कसैको पनि बहुमत नआउनु दुर्भाग्य रहेको उल्लेख गरेका हुन् ।

    उनले भने, ‘नेकपा एमालेले बहुमत ल्याउने गरी चुनावमा होमिएको थियो तर सकिएन । हामीले नल्याए पनि अरू कसैले बहुमत ल्याउनुपर्थ्यो, सकेनन् । यो मुलुकको लागि दुभाग्यपूर्ण हे । तर पनि एमालेको नेतृत्वमा सरकार बनाउन हाम्रो प्रयास रहने छ ।’ के को सँग मिलेर सरकार बनाउने भन्नेबारे भने उनले प्रष्ट खुलाएनन् । कसैको पनि बहुमत नआउँदा मुलुकमा राजनीतिक अस्थिरता पैदा हुने उनले बताए । अग्रगामी एजेन्डासहित सरकार बनाउने कोसिस एमालेले गर्ने उनले उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend