logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    2K
    Shares
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

    तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend