logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थापाथलीको सुकुम्बासीबस्ती भत्काउन पुगेको महानगरको टोलीमाथि सुकुम्बासीले हाने ढुंगामुडा

    थापाथलीको सुकुम्बासीबस्ती भत्काउन पुगेको महानगरको टोलीमाथि सुकुम्बासीले हाने ढुंगामुडा

    3.5K
    Shares
    थापाथलीको सुकुम्बासीबस्ती भत्काउन पुगेको महानगरको टोलीमाथि सुकुम्बासीले हाने ढुंगामुडा

    काठमाडौं । वैकल्पिक ववस्थाविनै सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगर पुगेपछि काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

    सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयर विरुद्ध चर्को नारावाजी समेत गरिरहेका छन्।

    एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर अर्थात चुनावकै दिनसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend