logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न आयोगको निर्देशन

    उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न आयोगको निर्देशन

    2.2K
    Shares
    उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

    आयोगले आज एक सुचना जारी गर्दै मतगणनापूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयकलाई आयोगले मंसिर ११ गते पत्रमार्फत सो निर्देशन दिएको हो ।

    आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५ गतेको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend