logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

    झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

    6K
    Shares
    झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए ।

    सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो ।

    झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । सो क्रममा काठमाण्डौ महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

    अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend