logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोमालियाको राजधानी मोगादिसुमा होटल घेराबन्दी, ४ जनाको मृत्यु

    सोमालियाको राजधानी मोगादिसुमा होटल घेराबन्दी, ४ जनाको मृत्यु

    2K
    Shares
    सोमालियाको राजधानी मोगादिसुमा होटल घेराबन्दी, ४ जनाको मृत्यु

    एजेन्सी । लडाकूहरूले रातभर घेराबन्दीमा पारेर गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

    आतङ्ककारीहरूले राष्ट्रपति भवनन जिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो । बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका एक अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् ।

    ‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’, उनले भनेका छन् । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने र सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताएका छन् ।

    सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज बारम्बार सांसदहरू आउने गरेका बताइएको छ । विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आबद्ध आतङ्कवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

    आतङ्ककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ । सोमालियाका अल सेबाब आतङ्ककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरूमा पनि आक्रमण गर्ने गरेका छन्


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend