logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • घट्यो सुनको मूल्य, यतिमा हुँदैछ कारोबार

    घट्यो सुनको मूल्य, यतिमा हुँदैछ कारोबार

    2.4K
    Shares
    घट्यो सुनको मूल्य, यतिमा हुँदैछ कारोबार

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । लगातार दोस्रो दिन स्थिर रहेको सुनको मूल्य त्यसयता लगातार दोस्रो दिन घटेको हो । आज प्रतितोला १०० रुपैयाँले मूल्य घटेको छ ।

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार रूपैयाँ थियो ।

    हिजो सोमबार पनि सुनको मूल्य घटेको थियो । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा तोलामा ३०० रूपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

    सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend