काठमाडौं । पतिबाट अन्यायमा परेको भन्दै सर्वोच्च अदालतको गेटमा न्याय माग्दै रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार बिहान न्याय माग गर्दै सर्वोच्च अदालतमा रातो रङ छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
श्रीमानबाट हिंसा भएको हुँदा न्याय माग गर्दै सिराहाकी बिनु यादव मंगलबार सेतो कपडामा सर्वोच्च पुगेकी थिइन्। उनीसँगै अभियानकर्ता जस्मिन ओझा पनि पुगेकी हुन्।
उनीहरू दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ। बिनुको उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ।