logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला

    सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला

    3.4K
    Shares
    सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला

    काठमाडौं । सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान सवा ७ बजे कञ्चनरूप नगरपालिका–१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने सञ्जय राउतको हत्या भएको हो।

    उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। उनको शव घरबाट डेढ सय मिटरमा रहेको एक पोखरीको डिलमा शव फेला परेको हो।

    बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। खबरपछि डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ।

    घटनामा प्रयोग भएको हतियार पनि फेला परेको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend