logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

    सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

    2.8K
    Shares
    सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

    काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।

    घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाण्डौ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए ।

    झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ । सीइओ मिश्रकाअनुसार नर्भिकले ३६ जना घाइतेहरुको ३ घण्टाभित्रमा उपचार सकेको थियो । नर्भिकको आकस्मिक उपचार सेवाको महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले समेत प्रशंसा गरेका थिए ।

    घटनापछि राति मेयर शाह र उपमेयर डंगोल घाइतेहरुको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए । सो क्रममा उनीहरुले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो’ भनी नर्भिकका चिकित्सकहरुसँग चासो राखेका थिए । सो क्रममा मेयर र उपमेयरले नै नर्भिकको उपचार पद्धतिको प्रशंसा गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend