logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

    बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

    2.3K
    Shares
    बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिएका राष्ट्रिय सेनाले जनाएको छ ।

    होसब क्षेत्रका विभिन्न स्थानमा आतङ्ककारी रहेका सूचना पाएपछि सैनिक कारबाही थालिएको तथा त्यस क्रममा दोहोरो भिडन्त भएको जनाउँदै सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले बताएको छ । एक जनालाई जीवितै पक्राउ गरिएको तथा दुई जना भागेका बताउँदै आइएसपीआरले उनीहरूको खोजी जारी रहेको जनाएको छ । आतङ्ककारी लुकेका स्थानबाट सुरक्षा फौजले ठूलो मात्रामा हातहतियार र गोलाबारुद बरामद गरेको छ ।

    आइएसपीआरका अनुसार मारिएका आतङ्ककारीले सुरक्षा बलका सदस्यका साथै सर्वसाधारणलाई समेत निशाना बनाएर आक्रमण गर्दै आएका, विद्युतीय धराप थाप्ने तथा दूर नियन्त्रित विस्फोटक उपकरण पड्काएर निहत्था जनताको ज्यान लिनेलगायत आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएका थिए । पाकिस्तानी सेनाले बलुचिस्तानको शान्ति, स्थायित्व र विकासमा अवरोध सृजना गर्ने प्रयासलाई विफल पार्न सुरक्षा बल प्रतिबद्ध रहेको बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend