logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ आजको सुन र चाँदीको मूल्य

    यस्तो छ आजको सुन र चाँदीको मूल्य

    2.3K
    Shares
    यस्तो छ आजको सुन र चाँदीको मूल्य

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।

    हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो । हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।

    मंगलबार छापावाल सुन तोलामा ९७ हजार ४०० र तेजाबी सुन तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend